मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको मृत्यु

संखुवासभा | जेठ १३, २०८०

मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको मृत्यु

सङ्खुवासभा:    सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा पर्ने मकालु बेस क्याम्पमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका-२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिका-२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । 


उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट हिजो लेक लागेर बिरामी भएका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए ।


‘विष्टमकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए, वडाध्यक्ष शेर्पाले भने, ‘विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत् सेदुवा ल्याउने तयारी भइरहेको छ ।’ 


सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिन लाग्छ। घटनाका बारेमा आज मात्रै जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्